कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ दिन पछाडि सारिएको छ ।

२०८२ मंसिर ११ गते बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक मंसिर १२ गते शुक्रबार बस्ने गरी सारिएको छ ।

पार्टीले जारी गरेको सूचनामा बैठक ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमै बस्ने उल्लेख छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरू तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले अनुरोध गरेका छन् ।