कांग्रेस विशेष महाधिवेशनको बहस : कार्यतालिका नभई महाधिवेशन चाहिएको हो

कांग्रेस विशेष महाधिवेशनको बहस : कार्यतालिका नभई महाधिवेशन चाहिएको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूले कार्यतालिका नभई महाधिवेशन नै माग गरेको बताएका छन् ।

बिहीबार काठमाण्डुमा आयोजित भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरूले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् ।

‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं,’ विज्ञप्तिमा भनिएको छ ।

वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वत: निष्क्रिय हुनेछ । अन्यथा पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरूले सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा अर्थात पुस २८ गतेभित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन् ।