काठमाण्डु – संसद विघटनको विरोधमा नेपाली कांग्रेसका नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) देशभर प्रदर्शन गर्दैछन् ।
सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनस्वरुप कांग्रेसको भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुले आज देशभर प्रदर्शन गर्न लागेका हुन् ।
यसअघि माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले देशभरका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई विरोधमा उतार्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् । भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।
काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न निर्देशन दिएको छ ।यसअघि कांग्रेसको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।
संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ ।




प्रतिक्रिया