कांग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि निर्वाचन आयोगमा बुझाउने

कांग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि निर्वाचन आयोगमा बुझाउने


काठमाण्डु – नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची भोलि सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले ​​​​​​भोलिसम्म लागि आयोगले समयसीमा तोकेकाले छलफल गरेर टुंग्याउने बताए ।

उनले ७ प्रदेशबाट सिफारिस भएर केन्द्रमा आएका उम्मेदवारबारे प्रदेश–प्रदेशमा छलफल चलिरहेको बताए । उनले भने, ‘भोलिसम्म बुझाउने म्याद नै छ । ७ प्रदेशका साथीहरू प्रदेश–प्रदेशमा छलफल गर्दै हुनुहुन्छ । त्यसबाट मोटामोटी सूची बनाएर त्यसमा कम्बाइन्ड गरेर र परिमार्जित गरेर बुझाउने तयारी छ ।’

जनताबाट अनुमोदन भएर आएपछि मात्रै कानून निर्माण गर्न सकिने भएकाले पार्टीका लागि आमनिर्वाचन महत्त्वपूर्ण हुने उनले बताए । महतले रास्वपा र बालेनबिच भएको गठबन्धन/सहमतिले कुनै फरक नपार्ने टिप्पणी गरेका छन् ।