कांग्रेसले पनि बुझायो समानुपातिक सूची, को-को परे ?

कांग्रेसले पनि बुझायो समानुपातिक सूची, को-को परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचन आयोगमा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सूची बुझाएको छ।

कांग्रेसले मंगलबार मात्रै उम्मेदवार सूची बुझाएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहान साढे ११ बजे निर्वाचन आयोगमा ११० जना उम्मेदवार सूची बुझाएका छन्।

आदिवासी जनजातितर्फ बाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे पहिलो नम्बरमा समानुपातिक उम्मेदवार सूचीमा छन्। पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि खस आर्यतर्फ पहिलो नम्बरमा उम्मेदवार छन्।

कांग्रेसले नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ। ३५ वर्ष उमेरमुनिका १५ जना समानुपातिक उम्मेदवार रहेका छन्।

कांग्रेसले सूची बुझाएपछि समानुपातिक तर्फ उम्मेदवारी पेश गर्ने दलको संख्या ६४ पुगेको छ ।

निर्वाचन आयोगका अनुसार ६४ दलले उम्मेदवारी दिए पनि ५८ वटा मात्रै निर्वाचन चिह्न उपलब्ध छन्।

 यही फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।  निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्नुपर्नेछ ।

सूची

भीष्मराज आङ्दम्बे,गोपालमान सिंह राजभण्डारी।थलकुमार लिंखा विजय सोम्बाहाम्फे,गीता गुरुङ गीताकुमारी सेन्दाङ,सविता राई,प्रेमिका राना मगर,निर्मला गुरुङ गोमाकुमारी भट्टराई,सुशीला ढकाल आचार्य,रुक्मिणी देवी कोइराला,रिना उप्रेती,जमिल अख्तर मिया, गोमा के.सीको नाम रहेको छ ।

यस्तै डा.प्रमिला गच्छदार,मनुमाया विश्वकर्मा, चन्द्रेश्वर शर्मा खत्वे, नगमा शाहिद,चन्दन झा,मनहरि श्रेष्ठ,सत्यनारायण चौधरी, रामसुन्दर महरा,कन्चनाकुमारी पासवान,निनु कर्ण, कविता यादव,सुजाता देवी,परमिला महतो,औरमिला कुमारी यादव,मो. अन्सार खाँ, डा. चन्द्रमोहन यादव, महेन्द्र यादव समानुपातिक सूचीमा परेका छन् ।

यस्तै रामनरेश कुशवाहा राजेन्द्र जयसवाल,प्रियन्का दास,पवित्रा सुनार,सहजान खातुन,शान्ता कुमारी तामाङ,नियती सिंह, ग्याल्जे शेर्पा,पेम्वा छिरिङ तामाङ,सेतेमान तामाङ,महेन्द्र थिङ, विनोद प्रकाश कायस्थ,डा. जगतबहादुर तामाङ,गणेशमान चक्रधर,भीमसेन दास प्रधान, नारायण श्रेष्ठ, डा. गंगालक्ष्मी अवाल,रेनुका काउचा,कमला राजभण्डारी,शकुन्तला शर्मा
अर्जुननरसिंह के.सी.,श्रीविनोद भट्टराई, सितादेवी देवकोटा, सीता थपलिया (उर्मिला) उमा शिवाकोटी,सर्मिला श्रेष्ठ, छिरिङ डोल्मा शेर्पाको नाम सूचीमा समावेस रहेको छ ।