काठमाण्डु – नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरले भोलि शुक्रबार पत्रकार सम्मेलन बोलाएका छन् ।
पार्टीभित्रको समसामयिक राजनीतिक अवस्था र विशेष महाधिवेशनको औचित्यबारे जानकारी दिन संस्थापनइतर समूहले पत्रकार सम्मेलन बोलाएको छ ।
संस्थापनइतर समूहले जारी गरेको सूचनाअनुसार पत्रकार सम्मेलन शुक्रबार बिहान ११ बजे आयोजना गरिनेछ । अनामनगरस्थित नबिल बैंक रहेको भवनको आठौं तल्लामा कार्यक्रम तय गरिएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बिहीबार प्रेस विज्ञप्तिमार्फत नियमित महाधिवेशन स्थगित गरेर विशेष महाधिवेशन बोलाएका छन् । संस्थापन पक्ष भने विशेष महाधिवेशन गर्ने पक्षमा छैन ।




प्रतिक्रिया