कांग्रेसमा ‘विशेष महाधिवेशन’ टकराव : महामन्त्रीद्वय गरेरै छाड्ने, सभापति हुनै नदिने

कांग्रेसमा ‘विशेष महाधिवेशन’ टकराव : महामन्त्रीद्वय गरेरै छाड्ने, सभापति हुनै नदिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्ने कि नगर्ने विवादले टकराव उत्पन्न भएको छ ।

बिहीबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशन आह्वान गरेका छन् । पुस अन्तिम हप्ता गर्ने भनिएको विशेष महाधिवेशनका लागि महामन्त्री पक्षधरले भृकुटीमण्डपमा कार्यक्रमस्थलका लागि हल ‘बुकिङ’ समेत गरिसकेका छन् ।

विशेष महाधिवेशनमा पेश हुने प्रतिवेदन लेखनका लागि महामन्त्री गगनकुमार थापा धुलिखेल प्रस्थान गरेका छन् भने सभापति शेरबहादुर देउवा कुनै पनि हालतमा विशेष महाधिवेशन हुन नदिने अडानमा रहेका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन गर्ने तयारी गरेपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गर्दै सभापति देउवाले विशेष महाधिवेशन हुन नहुने अडान लिएका छन् । देउवाले विशेष महाधिवेशन रोक्न सबै उपाय अपनाउन दुवै नेतालाई निर्देशन दिएका स्रोतले जनाएको छ ।

सभापति देउवासहित अन्य पदाधिकारीसँग छलफल नै नगरी महामन्त्रीद्वयले एकलौटी ढंगले विशेष महाधिवेशनको तयारी थालेपछि देउवाले यसलाई गम्भीर रूपमा लिएका जनाइएको छ । विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने सभापति देउवाको चिन्ता छ ।

सभापति देउवाले शुक्रबार बिहान पार्टीका पदाधिकारी र अन्य नेतासँग महामन्त्रीहरूको कदमबारे छलफल गर्ने भएका छन् । तर महामन्त्री पक्षधरले शुक्रबार बिहान विशेष महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेका छन् ।