काठमाण्डु – नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद चर्किरहेका बेला भोलि शुक्रबार दिउँसो केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार राति विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो ३ केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन अनुरोध गरिएको छ ।
बिहीबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गर्दै विकल्पमा विशेष महाधिवेशन बोलाएपछि सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।





प्रतिक्रिया