कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्न प्रस्ताव

कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्न प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशन वैशाख २८-३१ गते गर्ने प्रस्ताव गरेका छन् ।

सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा कार्यवाहक सभापति खड्काले नयाँ मिति प्रस्ताव गरेका हुन् ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

नयाँ प्रस्तावअनुसार, आउँदो चैत २१ मा वडा अधिवेशन गर्न प्रस्ताव गरिएको छ। त्यस्तै, गाउँ तथा नगरपालिकाको अधिवेशन चैत २५ गर्ने प्रस्तावमा उल्लेख छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रस्ताव पारित गरेमा कांग्रेस महाधिवेशन वैशाख अन्तिम साता हुनेछ।

यस्तै सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ।