कांग्रेसले भन्यो- विशेष महाधिवेशनको औचित्य सकियो (निर्णयहरूसहित)

कांग्रेसले भन्यो- विशेष महाधिवेशनको औचित्य सकियो (निर्णयहरूसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशको औचित्य सकिएको निर्णय गरेको छ।

शुक्रबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको जनाएको हो ।

निर्णयमा भनिएको छ, ‘नियमित १५औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधान बमोजिम समयमै नियमित १५औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ।’

कांग्रेस कार्यसम्पादन समितिको बैठकले बैशाखमा महाधिवेश गर्ने बहुमतबाट निर्णय गरेको थियो।

बैठकले नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत अपील गरेको छ।

पुस मसान्तभित्रै विशेष महाधिवेशन आह्वान हुन्छ : महामन्त्री थापा

कांग्रेस महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित, केन्द्रीय कार्यसमितिको म्याद थपियो