काठमाण्डु– नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको घोषणा गरेको छ । पार्टी केन्द्रले तल्ला कमिटीहरूलाई परिपत्र गर्दै विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ गते नै स्वतः समाप्त भइसकेको बताएको हो।
नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहितको परिपत्रमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाएर पार्टीलाई बहुमत ल्याउन सबै क्रियाशील हुन भनिएको छ ।
मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको थियो। सोही बैठकको मर्मलाई आधार मान्दै पार्टीले अहिले नयाँ परिपत्र जारी गरेको हो।







प्रतिक्रिया