काठमाण्डु– नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनका कारण विवाद बढेपछि झडप हुने खतरा उत्पन्न भएपछि सानेपास्थित पार्टी कार्यालय परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मंगलबार पार्टीको सम्पादन समितिको बैठक सुरु हुनुपूर्व कार्यकर्ताहरुको भीड वाक्लिएपछि सुरक्षाकर्मीको संख्या बढाइएको हो ।
पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन् ।
बैठकका लागि पुगेका नेताहरूलाई भित्र प्रवेश नदिएपछि वैकल्पिक गेटबाट भित्र प्रवेश गरेका थिए ।
नेपाली कांग्रेस विधानअनुसार चार वर्षभित्र (२०८२ मंसिरसम्म) १५ औँ महाधिवेशन हुनुपर्ने प्रावधान छ।
तर, पार्टीभित्र सभापति शेरबहादुर देउवा पक्ष समूह र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहबीच वैचारिक र रणनीतिक दूरी बढ्दै गएपछि विशेष महाधिवेशनुको अजेन्डा सतहमा आएको थियो।
भित्र बैठक चल्दै गर्दा बाहिर रहेका नेतालाई प्रवेशमा रोक लगाइएको छ। आफ्नै पार्टी कार्यालयमा नेताहरू रोकिएपछि सानेपा परिसर केही बेर नाराबाजी र तनावले तातिएको थियो। भित्र पस्न नपाएका नेताहरूले यसलाई ुनेतृत्वको अनुदारवादी र निरंकुश चरित्रु भन्दै आलोचना गरेका छन्। उनीहरूले नेता विमलेन्द्र निधिविरूद्ध नाराबाजी गरेका छन्।




प्रतिक्रिया