काठमाण्डु – नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन तथा अन्य राजनीतिक दलहरूसँग सहकार्य गर्ने औपचारिक निर्णय गरेको छ ।
बीपी स्मृति भवनमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनमा एक्लै लड्नुको सट्टा चुनावी तालमेललाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ ।
बैठकमा राष्ट्रियसभा निर्वाचनको रणनीति र उम्मेदवार छनोटका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । छलफलका क्रममा महामन्त्री गगनकुमार थापा तथा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा राखेका थिए ।
मंगलबारको बैठकले तालमेलको सैद्धान्तिक निर्णय गरे पनि उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाइसकेको छैन । उम्मेदवार छनोट र सिट बाँडफाँटबारे थप गृहकार्य गर्नका लागि कार्यसम्पादन समितिको बैठक भोलि बुधबार बिहान ९:०० बजे पुन: बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।





प्रतिक्रिया