काठमाण्डु– नेपाली कांग्रेसका विशेष महाधिवशेन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
बुधबार महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ …’विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पौष २७ र २८ गते काठमाण्डुमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौ। यसका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी गराउन चाहन्छौ ।हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ र आयोजनाको स्वामित्व लिनेछ।’
‘विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। वर्तमान संवेदनशील घडीमा पार्टी विधानको सर्वोच्चतालाई अक्षुण्ण राख्दै नेपाली कांग्रेसको आन्तरिक एकतालाई थप सुदृढ बनाउन यो महाधिवेशन कोसेढुंगा साबित हुनेछ भन्ने हामीले पूर्ण विश्वास लिएका छौ।केन्द्रीय पदाधिकारीसहित पार्टीका सबै तह र निकायवाट यसमा पूर्ण योगदान र सहयोग प्राप्त हुने अपेक्षा गरेका छौं ।’विज्ञप्तिमा भनिएको छ ।
यस्तै विभिन्न १८ वटा उपसमिति गठन गरिएको छ । व्यवस्थापन, जनपरिचालन, मञ्च व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका विभिन्न १८ वटा उपसमिति गठन गरिएको हो ।






प्रतिक्रिया