काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।
बिहीबार अपराह्न ४ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा विशेष महाधिवेशनको तयारी भइरहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।




प्रतिक्रिया