काठमाण्डु – धुमधाम तयारीमा लागेका विशेष महाधिवेशन पक्षधरलाई नेपाली कांग्रेसको संस्थापन पक्षले प्रस्ताव फिर्ता लिन अपिल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको हो ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बुधबार अपिल जारी गर्दै पुस २७ र २८ गते आह्वान भएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरिसकेका छन् ।
कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेको र संस्थापन पक्षले त्यो नचाहेको अवस्थामा विवाद सतहमा आएको छ । केन्द्रीय कार्यालयले विशेष महाधिवेशन अवैधानिक भन्दै उपस्थित नहुन महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेको छ ।
बिहीबारको बैठकमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेण्डा प्रस्तुत गरेकोमा अधिकांश सदस्यले सहमति जनाएर पारित भएको छ ।




प्रतिक्रिया