विशेष महाधिवेशनका लागि सभापति देउवालाई महामन्त्री थापाको निम्तो

विशेष महाधिवेशनका लागि सभापति देउवालाई महामन्त्री थापाको निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस २७ सुरु हुने विशेष महाधिवेशनमा सहभागी हुन सभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन् ।

बिहीबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले कार्यबाहक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई निम्तो दिएको जानकारी दिए ।

केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना नगर्ला भनेर कल्पना नै नगरिएको भन्दै देशभरबाट प्रतिनिधिलाई बोलाइएको उनले बताए । बिहीबारको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गरे पनि महामन्त्री पक्षधरले विशेष महाधिवेशन गरेरै छाड्ने तयारी थालेका छन् ।

महामन्त्री थापाले भने, ‘हामीले देशभरका साथीहरूलाई आह्वान गरेका छौं, सबै साथीहरू आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यबाहक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्‍याइदिनुहोला । यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो ।’