काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिहरूले उपस्थिति जनाएका छन् ।
आईतबार विशेष महाधिवेशनको उद्घाटन सत्र समापन हुँदासम्म बहुमतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर जनाउँदै विशेष महाधिवेशनको वैधानिकता कायम गरेका छन् ।
सभापति शेरबहादुर देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्का पक्षधरको सहमतिका बाबजुद महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र भोलि सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । उद्घाटन सत्रको समापनमा बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने जानकारी गरिएको छ ।
उद्घाटन सत्रमा बोल्दै नेताहरूले विशेष महाधिवेशनले नीति र नेतृत्व दुवै परिवर्तन गर्ने जनाएका छन् ।





प्रतिक्रिया