कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु


काठमाण्डु– काठमाण्डुको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ। दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भएपछि बन्दसत्र सुरु भएको हो ।

बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि प्रतिनिधिको नाम दर्तालगायत काम बाँकी रहेकाले बिहान झन्डै साढे ११ बजे मात्र प्रारम्भ भएको हो।

बन्दसत्रको अध्यक्षता ८८ वर्षीय श्यामकुमार खड्काले गर्ने छन् ।

सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नौ समूहमा विभाजन गरेर चार विषयमा नीति–मन्थन गरिनेछ ।

चार विषयहरूमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुनेछ । नीति–मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्नेबारे निर्णायक छलफल हुनेछ । यदि नेतृत्व परिवर्तनको निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी गरिएको छ ।