महाराजगञ्जमा कांग्रेस संस्थापन पक्षसँग छलफल गर्दै देउवा, डा. कोइराला पनि सहभागी

महाराजगञ्जमा कांग्रेस संस्थापन पक्षसँग छलफल गर्दै देउवा, डा. कोइराला पनि सहभागी


काठमाण्डु – महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशन गरिरहेका बेला सभापति शेरबहादुर देउवा संस्थापन पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् ।

विशेष महाधिवेशनले नेतृत्व परिवर्तनसम्म गर्न मिल्ने कार्यविधि पारित गरेपछि सभापति देउवा आन्तरिक परामर्शमा जुटेका छन् ।

यसअघि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आमनिर्वाचनको बेला पार्टीलाई एकताबद्ध बनाउँदै सबैले चुनावमा होमिनुपर्ने अपिल गरेका छन् । चुनावपछि मात्रै पार्टीको महाधिवेशन हुने उनको अडान रहेको छ ।

विशेष महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधिको उपस्थिति रहेको आवश्यक नीति पारित र नेतृत्व छनोटको तयारी गरेका छन् ।

यसैबिच सभापति देउवाले पार्टीको आगामी रणनीतिबारे छलफल गर्न आफूपक्षीय नेताहरूलाई निवासमा बोलाएका छन् । छलफलमा नेता डा. शेखर कोइराला पनि उपस्थित हुने जनाइएको छ ।