काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
पदाधिकारी बैठक बिहीबार अपरान्ह ३ बजे केन्द्रिय समितिको कार्यालय सानेपामा बस्नेछ । बैठकमा बैठकमा प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।




प्रतिक्रिया