काठमाण्डु – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलि मंगलबारसम्म लम्बिएको छ ।
बन्दसत्रमा २ महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आईतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको छ ।
मंगलबार नै नेतृत्व चयन समेत थालिने उनले बताए । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछि मात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्नेछ ।’
कांग्रेस संस्थापन पक्षले भने प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा विशेष महाधिवेशनको औचित्य नभएको अडान लिएको छ ।




प्रतिक्रिया