कांग्रेस संस्थापनको नयाँ रणनीति : प्रदेश सभापतिसहित भोलि केन्द्रीय कार्यसमिति बैठक

कांग्रेस संस्थापनको नयाँ रणनीति : प्रदेश सभापतिसहित भोलि केन्द्रीय कार्यसमिति बैठक


काठमाण्डु – महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलाइरहेका बेला नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

भोलि पुस २९ गते मंगलबारका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको हो ।

बीपी स्मृति भवन सानेपामा बिहान ११:०० बजे सुरु हुने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू र सातै प्रदेशका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना गरेका छन् ।

बैठकमा विशेष महाधिवेशनले उत्पन्न गरेको विवाद समाधानका विषयमा छलफल हुने जनाइएको छ ।