काठमाण्डु– नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमिति बैठक सरेको छ। मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सरेको हो।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरी बैठक सारिएको जानकारी दिएका छन्।
विशेष महाधिवेशन पक्षले बैठकमा सहभागी नहुने बताइकेका छन् भने विवाद समाधानका लागि द्विपक्षीय वार्ता सुरु भएको छ।
कांग्रेस विवाद मिलाउन द्विपक्षीय वार्ता सुरु
संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा बिहान साढे ८ बजेदेखि वार्ता भइरहेको हो।
छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण, शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल उपस्थित छन् भने विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे, देवराज चालिसे सहभागी छन्।





प्रतिक्रिया