काठमाण्डु– नेपाली कांग्रेसमा विवाद समाधान गर्न बसेको बैठक केहिबेरलाई सकिएको छ ।
आ–आफ्नो समूहसँग वार्ताका विषयलाई ब्रिफिङ् गरेपछि फेरि बस्ने गरी पहिलो चरणको वार्ता सकिएको हो ।
पार्टीको विवाद मिलाउन संस्थापन र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मकरुपमा टुंगिएको हो।
सहमति जुटाउनको लागि दुवै पक्ष अधिकतम लचक रहन तयार रहेको बैठकमा सहभागी एक नेताले बताए ।
वार्तामा संस्थापन पक्षबाट रमेश लेखक र बालकृष्ण खाण, शेखर कोइराला पक्षबाट बद्री पाण्डे र जीवन परियार सहभागी थिए । विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरूराज घिमिरे सहभागी छन्।
मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको हो।
बैठक साढे २ बजे पुनः बस्ने छ ।




प्रतिक्रिया