कांग्रेसमा नयाँ नेतृत्व चुन्न निर्वाचन, ९ बजेदेखि मतदान सुरु (कार्यतालिका)

कांग्रेसमा नयाँ नेतृत्व चुन्न निर्वाचन, ९ बजेदेखि मतदान सुरु (कार्यतालिका)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन नयाँ नेतृत्व चयनको प्रक्रियामा अघि बढेको छ ।

संस्थापन पक्षसँग भएको वार्ता सकारात्मक नभएपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार कांग्रेसको विधानको व्यवस्था अनुसार उम्मेदवारको मनोनयन प्रक्रिया अघि बढ्नेछ।

विशेष महाधिवेशनबाट पारित हुने विधान निर्वाचन आयोगबाट प्रमाणीकरणपछि मात्रै लागू हुने भएकाले पुरानै विधानमा उल्लेख भएका पदका आधारमा निर्वाचनको तयारी गरिएको केसीले बताए।

त्यसपछि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका छ।

कांग्रेसको विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ सहित केन्द्रीय सदस्यको लागि मतदान हुनेछ। आज मध्याह्न साढे १२ देखि साढे १ बजेसम्म मतदाता नामावली प्रकाशनको कार्यतालिका छ भने अन्तिम नामावली २ बजे प्रकाशन गरिनेछ।