काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले मनोनयन दर्ताका लागि शुल्क तोकेको छ ।
समितिले सभापति पदमा ३० हजार रुपैयाँ तथा उपसभापति र महामन्त्री पदमा २५ हजार रुपैयाँ तोकेको छ ।
सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार बुझाउनुपर्ने निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।
भृकुटीमण्डपमा उम्मेदवारी दर्ताको काम चलिरहेको छ । महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ६३८ रहेको छ ।





प्रतिक्रिया