काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्।
भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो।
नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय पौडेल र घिमिरे चयन भएको बताए।
महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ।
यस्तै विशेष महाधिवेशनले उपसभापतिमा फरमूल्लाह मन्सुरलाई चयन गरेको छ।
अर्को उपसभातिका लागि उम्मेदवारहरूसँग छलफल भइरहेको छ। नेता गगन थापाले उम्मेदवार टुंगो लगाउन छलफल गरिरहेको नेता अजयबाबु सिवाकोटीले बताए।




प्रतिक्रिया