सत्ता समिकरणबारे जसपा र कांग्रेसबीच छलफल हुँदै, देउवाले बेालाए पदाधिकारी बैठक

सत्ता समिकरणबारे जसपा र कांग्रेसबीच छलफल हुँदै, देउवाले बेालाए पदाधिकारी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच आज वार्ता हुँदैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ४ बजे जसपासँग वार्ता हुने भएको हो ।

सरकारमा जाने विषयमा कांग्रेस र जसपाले साझा धारणा बनाएर अघि बढ्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका शीर्ष नेताहरुबीच बिहीबार छलफल भएको थियो । छलफलका क्रममा जसपाका माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक छन् ।

उनले रेशम चौधरीको रिहार्य, मधेश आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधन गर्नै बचन दिएपछि जसपाले अन्य दलहरुसँग पनि छलफल सुरु गरेको हो ।

माओवादी केन्द्रले जसपा र कांग्रेससँग छलफल गरिसकेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवा र जसपाका नेताहरुसँग सत्ता समिकरणबाररे छलफल गरेका हुन् ।

त्यस्तै सभापति देउवाले साझा धारणा बनाउन कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन् । उनले सरकारमा जाने विषयमा साझा धारणा बनाउन पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक ३ बजे बूढानीलकण्ठमा बोलाएका हुन् ।