शेरबहादुर देउवाले चुनाव नलड्ने, डडेल्धुरामा महरलाई टिकट

शेरबहादुर देउवाले चुनाव नलड्ने, डडेल्धुरामा महरलाई टिकट


काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् ।

सोमवार देउवाको सचिवालयले उनी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।

‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’ उनका स्वकीय सचिव भानु देउवाले भने ।

२०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका छन् ।

कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ ।

सात पटकसम्म लगातार निर्वाचित हुँदै आएका देउवा यस पटक भने ‘व्याक’ भएका छन् ।

देउवा पत्नी आरजुलाई पनि यसपटक कांग्रेसले उम्मेदवार बनाएन । उनी कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी थिइन् । सो क्षेत्रमा पार्टीले नरनारायण शाहलाई टिकट दिइसकेको छ ।