काठमाण्डु- नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गर्न लागेको विशाल मधेस सभा स्थगित गरिएको छ।
निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण माघ १६ गते जनकपुरधाममा गर्ने भनिएको मधेस सभा स्थगित भएको हो ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गरिएको नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र समर्थक उतारेर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी थालेको थियो।




प्रतिक्रिया