कांग्रेसकाे ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ निर्वाचन निर्देशिका पारित

कांग्रेसकाे ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ निर्वाचन निर्देशिका पारित


काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका ०८२ पारित गरेको छ । आइतबार बिहान भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो।

निर्देशिकामा ‘फागुन २१ कालागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ । उसले खट्ने त्यहाँ’ भन्ने नीति समेटिएको छ ।

नीति अन्तर्गत पार्टीका सबै नेता कार्यकर्ता चुनावको मैदानमा खटिने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाको बुँदा नम्बर २१ मा भनिएको छ, ‘फागुन २१ को आम चुनावका लागि मेरो २१ दिनझ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म ‘जसको पदीय जिम्मेवारी जहाँ उसले खट्ने त्यहाँ’ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।’

यस्तै संघ, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पनि तोकेका प्रतिनिधिले काम सकेर पुनस् आफ्नै जिल्लार क्षेत्ररपालिका र वडामा केन्द्रित रहनुपर्ने निर्देशिकामा उल्लेख छ।