चुनावी दौडमा डा. कोइराला, सुन्दरहरैंचाको स्वरूप परिर्वतन भएकोमा खुशी

चुनावी दौडमा डा. कोइराला, सुन्दरहरैंचाको स्वरूप परिर्वतन भएकोमा खुशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं मोरङ क्षेत्र नम्बर ६ का कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले गएको २०७९ को चुनावमा आफूले पूर्वाञ्चल विश्व विद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने प्रतिबद्धता जनाए अनुरूप ५० विद्यार्थी भर्ना भएकोमा खुसी व्यक्त गरे ।

मोरङको क्षेत्र नम्बर ६ को सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता कोइरालाले भने, ‘विगतको तुलनामा सुन्दरहरैंचाको स्वरूप परिर्वतन भएको छ ।’

उम्मेदवार कोइरालाले विद्यार्थी संख्या बढ्दै गएपछि वडा नम्बर २ को पनि विकास हुने विश्वास व्यक्त गरे । कोइरालाले नदी नियन्त्रण, बृन्दावन गौशाला तटबन्धन, तेलीया खोला तटबन्ध, गछिया खोला तटबन्ध, सडक, भवन, मठ–मन्दिर, धार्मिक स्थल, शैक्षीक संस्था, मृगौलिया खानेपानी आयोजना विस्तार लगायतका क्षेत्रमा उल्लेखनीय रूपमा विकासको काम भएको उल्लेख गर्दै विगतको तुलनामा स्वरूप परिर्वतन भएको उल्लेख गरे ।

अर्को प्रसङ्गमा उम्मेदवार कोइरालाले मृगौलियाका किसानका लागि सिँचाइको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘एउटा डिप ट्युबेल रैछ, भाँचिएछ निर्वाचनलगत्तै नयाँ ड्युप ट्यूवबेल जडान हुन्छ ।’

कोइरालाले सुन्दरहरैंचालाई विकास गरेर अझै सुन्दर बनाउने इच्छा भएकाले सुन्दरहरैंचाको जिम्मा दिन स्थानीयलाई आग्रह गरे । उनले भने, ‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छाडिदिनुस् ।’