पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा कांग्रेसका ५ जना निष्कासित

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा कांग्रेसका ५ जना निष्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमिति झापाको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले उठाएको उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको निष्कर्ष निकालेको थियो । सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको छ ।

उक्त निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको बताएका छन् । कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रह समेत गरेको छ ।