गगनको राजीनामापछि विश्वप्रकाशकाे अध्यक्षतामा कांग्रेस बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

गगनको राजीनामापछि विश्वप्रकाशकाे अध्यक्षतामा कांग्रेस बैठक बस्दै, यी एजेन्डामा छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सभापति गगन थापाले राजीनामा दिएपछि पहिलो पटक भोलि शुक्रबार बैठक बस्ने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उक्त बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गर्ने तय भएको छ।

 विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले निर्वाचनमा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि नैतिकताका आधारमा राजीनामा घोषणा गरेका थिए।

बैठकमा सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्नेमा छलफल हुने बताइएकाे छ । यस्तै निर्वाचनमा पार्टीले भोगेको पराजयको समीक्षा गर्ने कार्यसूची रहेको छ ।

उपसभापति शर्माले निर्वाचनमा ब्यहोरेको पराजयबारे प्रारम्भिक प्रतिवेदन पेस गर्नेछन्।

यस्तै समानुपातिकतर्फको सिट बाँडफाँड र नयाँ बन्ने सरकारमा कांग्रेसको भूमिकाबारे पनि छलफल हुनेछ।