कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। भोलि (मंगलबार) दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

यसअघि शुक्रबार र आइतबार दुई दिन केन्द्रीय कार्यसमिति बैठक बसेको थियो । हिजो बसेको केन्द्रीय समिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियो ।