कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ एजेण्डा, भोलि फेरि बस्ने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ११ एजेण्डा, भोलि फेरि बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल जारी रहेको बताएका छन् ।

मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठक निरन्तर चलिरहेको जानकारी दिए ।

उनका अनुसार सभापतिले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् ।

प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय गरिएको छ, जुन यसअघि नै सार्वजनिक भइसकेको छ । ती प्रस्तावहरूमा हालसम्म २८ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको उनले बताए ।

‘बाँकी सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्नुहुनेछ र विभिन्न विषयमा छलफलपछि निष्कर्षमा पुग्नेछौं,’ उनले भने ।

उनका अनुसार बैठकमा महाधिवेशनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न समसामयिक विषयमा पनि छलफल भइरहेको छ ।