काठमाण्डु– नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको बताएको छ ।बिहीबार सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रतिवेदनले पूर्णता नबोकेको टिप्पणी गरेको हो ।
प्रवक्ता देवराज चालिसेले प्रथम दृष्टिमा अपूर्ण देखिएको बताए । २३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे जस्तो २४ गतेको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको उनको भनाइ छ ।
उनले भने ‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो, यसले पूर्णता बोकेको छैन ।प्रथम दृष्टिको कुरा हो यो । यद्यपि, त्यसलाई हामीले राम्रोसँग अध्ययन गर्न बाँकी छ,‘त्यो प्रतिवेदनलाई हामी सिरियसली हेर्छौं ।’
समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरू गहनतापूर्वक अध्ययन गरेपछि कांग्रेसले आफ्नो दृष्टिकोण बनाउने प्रवक्ता चालिसेले बताए ।




प्रतिक्रिया