काठमाण्डु– नेपाली कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । मंगलबार दिउँसो ३ बजे बस्नेगरि बैठक बोलाइएको हो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।





प्रतिक्रिया