वालेन्द्र संसद्बाट बाहिरिँदा नरोकेकोमा काँग्रेसद्वारा सभामुखको आलोचना

वालेन्द्र संसद्बाट बाहिरिँदा नरोकेकोमा काँग्रेसद्वारा सभामुखको आलोचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी काँग्रेसले सभामुख डोलप्रसाद (डीपी) अर्यालको भूमिकामा प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दे काँग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा शाह बिचैमा उठेर बाहिरिँदा सभामुखले नरोकेकोमा आपत्ति जनाए ।

संसद् व्यवस्थित गर्ने भूमिका सभामुखको भएको भन्दै उनले अर्याललाई सचेत गराए । ‘प्रधानमन्त्रीले मर्यादा र अहंकारी व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण कुरा हो । हिजोको उहाँको व्यवहारले जनताको मन कुँडिएको छ । देशको शीर झेकेको छ । यो सदनको गरिमा र मर्यादामा दाग अनुभूति हामीलाई भएको छ,’ आङदेम्बेले भने, ‘यस सन्दर्भमा सभामुखज्यूको भूमिकामा म टिप्पणी गर्दिनँ तर सभामुखज्यूको भूमिकाप्रति मलाई केही आश्चर्य लागेको छ । म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले व्यवस्थित गर्ने हो । यो मेरो प्रश्न होइन । खाली मेरो मनमा लागेको खुलदुली मात्र हो । तर यो सदनलाई गरिमामाय बनाउन सक्नुपर्दथ्यो । त्यसो भएन । यो पनि दु:खकै कुरा रह्यो ।’