काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पुनर्गठन गरेका छन् ।
सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम रिक्त रहेको समितिमा नयाँ पदाधिकारीहरू मनोनयन गरेका हुन् ।
पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङलाई जिम्मेवारी दिइएको छ । समितिको सदस्यहरूमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई मनोनयन गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीमा अनुशासन कायम गर्ने र विधानको पालना भए/नभएको अनुगमन गर्ने उद्देश्यले समितिलाई पूर्णता दिइएको छ । सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीका विभिन्न विभाग र समितिहरूलाई सक्रिय बनाउने क्रममा अनुशासन समितिलाई पुनर्गठन गरेका छन् ।





प्रतिक्रिया