काठमाण्डु– नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।
बैठकमा मुख्यतया आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा विस्तृत छलफल हुने बताइएको छ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदैछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत छलफल हुने बताइएको छ ।




प्रतिक्रिया