के-के छन् कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिकामा ?

के-के छन् कांग्रेस महाधिवेशनको प्रस्तावित कार्यतालिकामा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले १४ औं महाधिवेशन एक साता पर सार्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ । शनिबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेसले यो प्रस्तावबारे छलफल गर्न बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । सम्भवत: उक्त बैठकले यो प्रस्ताव अनुमोदन गर्ने बुझिएको छ । देशभर फैलिएको कोरोना महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम नसकिनुलाई समयमै महाधिवेशन गर्न कठिनाइ हुने कांग्रेसले निष्कर्ष निकालेको छ ।

कांग्रेसले कोरोना महामारीबीच नै महाधिवेशन गर्ने तयारी गरेको हो । असार २० गतेभित्र क्रियाशील सदस्यता बारेका बिबाद हेरेर केन्द्रीय सभापतिलाई विवरण बुझाउनुपर्ने प्रस्ताव छ । यस्तै सभापतिले उक्त विवरण हेरेर हस्ताक्षर गरी केन्द्रीय निर्वाचन समितिलाई क्रियाशील बुझाउने समय असार २४ का लागि प्रस्ताव गरिएका छन् ।

अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका

गाउँ/ नगर वडा अधिवेशन : २०७८ साउन ६ गते।

गाउँ/नगरपालिका अधिवेशन : साउन ११ गते।

प्रदेश सभा क्षेत्रीय अधिवेशन : साउन १६ गते।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २० गते।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : साउन २४ गते।

प्रदेश अधिवेशन : भदौ १ र २ गते।

केन्द्रीय महाधिवशेन : भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा।