काठमाण्डु– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसका भरत खड्काले सुधन गुरुङबारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले भने ‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे ! उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो,’ उनले भने। ‘एकातिर सुशासनको नारा अर्कोतिर आफनोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’




प्रतिक्रिया