कांग्रेस क्रियाशील सदस्य : ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक


काठमाण्डु – नेपाली कांग्रेसले महाधिवेशन नजिकिएसँगै थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको कांग्रेसले पार्टीको वेबसाइटमार्फत सो नामावली सार्वजनिक गरेको हो ।

यसअघि कांग्रेसले १०१ स्थानको नामावली सार्वजनिक गरेको थियो । अझै ७ जिल्लाका नामावली आउन बाँकी रहेको कांग्रेसले जनाएको छ । छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी छ ।

कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ १६ बाट १९ गतेसम्म हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि कांग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको हो ।

त्यसैगरि सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने बताइएको छ ।

थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि यहाँ क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement