काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय निर्वाचन समितिमा १ सदस्य र १ सदस्य सचिव मनोनयन गरेका छन् ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत ११ गतेको बैठकको निर्णयबमोजिम पार्टी विधान, २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता सुजन लोप्चन (काठमाण्डु) लाई सदस्य तथा अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई सदस्य सचिव पदमा मनोनयन गरिएको हो ।
कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा पार्टीको केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने क्रममा मनोनयन गरिएको उल्लेख गरिएको छ ।





प्रतिक्रिया