कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २४ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ ।

पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक साउन २४ गते आईतबार दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगरमा आयोजना गरिनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको पार्टीले जनाएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका संगठनात्मक गतिविधि तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने अपेक्षा गरिएको छ ।