प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने कांग्रेसको निर्णय

प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग गर्ने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड जम्मा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आईतबार बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले १ करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।

‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तरराष्ट्रिय स्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ,’ उनले भने ।

प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्‍याउन आग्रह गरे । विभिन्न जिल्लाका नागरिक पनि पर्यटन र व्यावसायिक सिलसिलामा रसुवा र नुवाकोट पुगेको समयमा बाढीबाट पीडित हुन पुगेको बताउँदै उनले तिनको पनि खोजबिन र सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।