प्रधानमन्त्री राहत कोषमा काँग्रेसले दियो १ करोड

प्रधानमन्त्री राहत कोषमा काँग्रेसले दियो १ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले भोटेकोशी रसुवा बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ ।

सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपाली कांग्रेसले प्रधानमन्त्री राहत कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको तर्फबाट १ करोड रुपैयाँको चेक हस्तान्तरण गरे ।

पार्टीको तर्फबाट चेक हस्तान्तरण गर्न महामन्त्री पौडेल, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरू अर्थ मन्त्रालय पुगेका थिए ।