काठमाण्डु – नेपाली कांग्रेसले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाइसक्न सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ ।
कांग्रेसले भदौ २७ गते आन्तरिक परिपत्र जारी गर्दै केही जिल्लाले क्रियाशील सदस्यहरूको सदस्यता शुल्क केन्द्रमा बुझाउन बाँकी रहेकाले भदौ ३१ गते अपराह्न ५ बजेसम्म केन्द्रमा बुझाइसक्न निर्देशन दिएको हो ।
पार्टीले सदस्यता शुल्क भुक्तानी गरेपछि मात्रै क्रियाशील सदस्यता कायम हुने र कायम सदस्यले मात्रै वडा अधिवेशनमा सहभागी हुन पाउने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ ।
कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले प्रेस नोट जारी गर्दै सदस्यता शुल्क भुक्तानी तथा अधिवेशनमा सहभागितासम्बन्धी वैधानिक व्यवस्था स्पष्ट पारेका हुन् ।
असोज ३ गतेदेखि कांग्रेसको वडा अधिवेशन प्रारम्भ हुँदैछ ।





प्रतिक्रिया